भारतमा २४ घण्टाभित्र भेटिए ४ लाख १२ हजार संक्रमित, पछिल्लो अपडेट सहित

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गएपछि भारतमा यहि बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् ।

त्यस्तै, बुधबार १४,२७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये ३,९७९ मृत्यु भारतमा मात्रै भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् ।

भारतमा कोरोना महामारीको आपडेट :

  1. पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः  ४ लाख १२ हजार
  2. पछिल्लो २४ घण्टामा भएको कूल मृत्युः  ३,९७९
  3. पछिल्लो २४ घण्टामा निको भएकाः  ३.३० लाख
  4. हालसम्म संक्रमित भएकाः  २.१० करोड
  5. हालसम्म निको भएकाः  १.७२ करोड
  6. हालसम्म कूल मृत्युः  २.३० लाख
  7. हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः  ३५.६२ लाख

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्