बलिउड अभिनेत्रीको निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, बलिउड तथा भोजपुरी अभिनेत्री श्रीपदाको बुधबार राति कोरोना संक्रमणबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले पुराना पुरुष, धर्म संकट, बेवफा सनम, आजमाइश, शोले र तुफान, शैतानी, आखिर कौन थि वो, मेरी ललकार, आग और चिंगारीजस्ता फिल्ममा काम गरेकी छिन् भने सिरियलमासमेत अभिनय गरिसकेकी छन्। उनले बिनोद खन्ना तथा अमिताभ बच्चनलगायतसँग स्कृन शेयर गरेकी छिन् ।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्