बिहीबारबाट अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ सुरु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ ।

भर्चुअल रुपमा आयोजना भएको महोत्सवमा बिहिबार बलिउड निर्देशक अनुराग कश्यपले फिल्म निर्माणको बिषयमा आफ्ना अनुभव बाँडेका थिए ।

‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्घाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिको फेस्टिभललाई शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, कलाकार नीर शाह, तुलसी घिमिरे लगायतले फिल्म, साहित्य र संगीतको बिषयमा धारणा राखेका थिए ।

नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्य रहेको फेस्टिभलमा थुप्रै फिल्म प्रदर्शन हुनेछ ।

 

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्