अल्का अस्पतालमा अक्सिजनको अभाव, उपचारमा समस्या

सहयात्रा टिभी

ललितपुर । बैशाख २४, ललितपुरस्थित अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन शुरु भएको बताएको छ।

‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ’ अल्का अस्पतालका सिइओ दीपेन्द्र पोखरेलले भने, ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ, अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ?’

हाल अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिन्डर आवश्यक पर्छ भने ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ। अक्सिजन सहज रुपमा उपलब्ध गराउने अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज सञ्चारकर्मी लगायत सबैसँग आग्रह गरेको बताईएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्