प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षण
सहयात्रा टिभी
काठमाडौं । बैशाख २४, प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो । वैशाख २७ गते हुने विशेष अधिवेशनका लागि संसद सचिवालयले संसदका पदाधिकारी, सांसद, सचिवालयका कर्मचारी र स्वकीय सचिवहरुको पीसीआर परीक्षण गरिरहेको बताईएको छ । एजेन्सीको साथमा ।