टिकटक बनाउदा भीरबाट लडेर एकको मृत्यु

सहयात्रा टिभी

उदयपुर । बैशाख २४, टिकटकमा भिडियो बनाउने क्रममा लडेर उदयपुरका १८ वर्षीय सुभास परियारको ज्यान गएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको जानकारीमा आएको छ ।

धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियो । उक्त सुमोमा सवार परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

 

 

 

 

 

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्