नाइजेरियामा गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, नाइजेरियामा बन्दुकधारी समुहको गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु भएको छ ।

त्यस्तै नाइजेरियाको दक्षिणी क्षेत्रमा कारमा आएका सो समुहले चेकिङ प्वाइन्टमा रहेको प्रहरीमाथि गोली प्रहार गर्दै दुईवटा प्रहरी चौकीमा प्रवेश गरी हत्या गरकोे बताईएको छ ।

यस्तै प्रहरीको कारबाहीमा दुई जना बन्दुकधारी मारिएका छन् भने घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । गत साता नाइजेरियाकै अन्य प्रहरी चौकीमा बन्दुधकारीको समुहले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको थियो । एजेन्सीहरुको साथमा ।

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्