अभिनेत्री बर्षा राउत कोरोनाबाट संक्रमित

काठमाडौं । बैशाख २६, अभिनेत्री बर्षा राउत कोरोना संक्रमित भएकी छन् । सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ भएको उनले बताएकी हुन् ।
बर्षाले आफु घरमै आइसोलेसनमा बसेको र छिटै आफु ठिक भई काममा फर्किने अपेक्षा गरेकी छन् । बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझाएकी छन् ।