अन्तरिक्षबाट पृथ्वी फर्किने क्रममा चीनको अनियन्त्रित रकेट खस्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २६, चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खसेको छ ।
उक्त रकेट चिनियाँ समयअुनसार राति १० बजेर १२ मिनेटमा खसेको हो भने रकेट मालदिभ्स नजिकैको हिन्द महासागरमा खसेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
अन्तरिक्षबाट पृथ्वी फर्किने क्रममा अनियन्त्रित भएर पृथ्वीमा खसेको रकेटको धेरै भाग वायुमण्डलमा प्रवेश गरेसँगै जलेको थियो। चीनले गत २९ अप्रिलमा उक्त लङ मार्च ५ बी रकेट हाइनान टापुबाट प्रक्षेपण गरेको थियो । सो रकेटले स्पेस स्टेसनको प्रमुख मोड्युल पृथ्वीको तल्लो कक्षमा लगेको थियो । अनियन्त्रित भएर खसेको सो रकेटले मानववस्तीमा विध्वँश मच्चाउने त्रास विश्वभर छाएको थियो। स्रोत: बीबीसी