फिमेल भर्सनमा ‘रेलको बाटो’ सार्वजनिक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २६, ‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो।
यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो। लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ।
यसपटक गीतको बोलअनुसार नै हुम्लावासीले भोगिरहेको पीडाको एक अंश प्रस्तुत गरेका छौँ।’ गीतको भिडियो निर्माणका लागि एक महिना समय लागेको भिडियो निर्देशक लक्ष्मण सुनारले बताए। गीतको मेल भर्सनलाई युट्यूबमा साढे १८ लाख बढी पटक हेरिएको छ।