अमेरिकामा गोली प्रहारबाट ६ जनाको मृत्यु, बन्दुकधारीले गरे आत्महत्या

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, अमेरिकाको कोलोराडो क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ भने घटना लगत्तै बन्दुकधारीले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

कोलोराडोको कैटरबरी होम पार्कमा रहेको एक घरमा जन्मदिनको पार्टी मनाइरहेका माझ ती व्यक्तिले गोली प्रहार गरेका थिए । घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् । यसअघि हिजो मेरिल्याण्डमा एक व्यक्तिको गोली प्रहारबाट एक नेपाली सहित चार जनाको मृत्यु भएको बताईएको छ ।

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्