प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् भने २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद रहेका छन्।

त्यस्तै एमालेकै नेपाल खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ।

महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ। संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन् भने निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्।

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्