विदेशबाट आयात गरीयो डोल्पामा ८ हजार ओखरका विरुवा

सहयात्रा टिभी

डोल्पा । बैशाख २७, क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रकमको अनुदान कार्यक्रमबाट डोल्पामा व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर तथा फिन्क्वाइट लगायतका जातका अठार हजार बिरुवा खरिद गरी जहाजमा ढुवानी सुरु गरिएको छ ।

त्यस्तै सोमबारमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी गराउनु भयो ।

एउटा ओखरको बिरुवाको टर्कीबाट खरिदगरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पुर्‍याउँदा एक सय नौ रुपैया परेको कृषि विकास कार्यालयले बताएको छ । आजदेखिनै बिरुवा वितरण धमाधम सुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाउने कृषि कार्यालयले जनाएको छ भने सात समुन्द्रपारीबाट ल्याइएको च्यान्दलर जातको ओखरले राम्रोसँग हुर्काउन सके लगाएको एक बर्षमै फल दिने कार्यालको दाबी छ । एजेन्सीको साथमा ।

 

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्