बलिउड कलाकार अमिताभ बच्चनद्धारा कोभिड सेन्टललाई २ करोड सहयोग
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २७, भारत कोरोनाको दोश्रो लहरको फैलिएसँगै दैनिक हजारौ मानिसको ज्यान गैरहेको छ भने दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन् ।
यस्तो परिस्थितिमा बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका कोभिड केयर फेसिलिटी रकाबगंज गुरुले जानकारी सामाजिक संजालबाट दिएका छन् । सोमबारदेखि संचालनमा आउन लागेको उक्त सेन्टलमा ३ सय बेड हुनेछ भने अमिताभले दिएको सहयोगको बिषयमा अकाली दल पार्टीका राष्ट्रिय प्रवक्रा मनजिन्दर सिंहले बताए।
त्यस्तै अमिताभले दैनिक अक्सिजनको अवस्थाको बिषयमा आफूसँग जानकारी लिने गरेको पनि उनले उल्लेख गरेका छन् भने उनले कोरोना भाइरससँग लडिरहेको भारतलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।