अक्सिजन सहज आपूर्ति नभएसम्म नयाँ बिरामी लिन सक्दैनौं – मेट्रो अस्पताल

काठमाडौं । बैशाख २७, काठमाडौंको महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालले अक्सिजन अभावका कारण अब थप नयाँ बिरामी भर्ना गर्न नसक्ने बताएको छ ।
अस्पतालका सिइओ प्रकाश वलीले सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन अप्रयाप्त भएकाले अबदेखि अक्सिजन आपूर्ति सहज नभएसम्म नयाँ बिरामी भर्ना गरेर उपचार गर्न नसक्ने भन्दै दुःख व्यक्त गर्नुभयो ।
मेट्रोमा हाल २६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुलाई दैनिक कम्तीमा पनि ४० देखि ५० वटा अक्सिजन सिलिण्डरको आवश्यकता परिरहेको छ । तर अहिले ३० वटा सिलिण्डरले मात्र काम चलाइरहेको छ ।
त्यस्तै मेट्रो अस्पताल जस्तै उपत्यकामा अन्य ठूला अस्पतालले पनि अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना लिन नसकिने भन्दै विज्ञप्ति निकालिरहेका छन् तर सरकारले अस्पतालहरुले अक्सिजन लिनको लागि सीसीएमसीको सिफारिस चाहिने निर्णय गरेको बताईएको छ ।