विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको औषधि: घ्युकुमारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, एलोभेरा (घ्युकुमारी) लाई आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ तर हिजोआज विभिन्न प्रकारका सौन्दर्य प्रशाधन सामग्रीमा यसको प्रयोग भएको हुन्छ।

यस्तो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरूलाई ठिक गर्न सहयोग गर्छ। यस्को प्रयोगबाट निम्न लिखित फाईदाहरु लिन सकिन्छ :

  1. घ्युकुमारीमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन्। यसको सेवनले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ साथै यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ।
  2. यसको काँडायुक्त पातहरूलाई काटेर रस निकाली विहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ। आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको हुन्छ ।
  3. टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, रुखो छाला, घामले डढेको छाला, आँखाको कालो घेरा, अनुहारको दागधब्बा आदि समस्याहरू हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।
  4. यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ।
  5. एलोभेरा छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ।
  6. लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ।

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्