भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु

सहयात्रा टिभी

भक्तपुर । बैशाख २७, भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको छ ।

आइतबार राति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुवालको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेको बनेपा बस्ने ३५ वर्षीय टिपर चालक टार्जन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्