देउवाको प्रस्तावमा प्रचण्डको सहमति

काठमाडौं । बैशाख २७, अब संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन जनाएका छन् ।
त्यस्तै प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधान अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गरेका थिए। देउवापछि बोलेका प्रचण्डले यही संसदबाट नयाँ सरकार बन्ने सम्भावना भएकाले आफू देउवाको प्रस्तावमा समर्थन रहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न पनि सुझाव दिए ।