बहराइनका राजकुमारको टोली सगरमाथाको चुचुरोमा

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २८, बहराइनका राजकुमारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।

राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले नेपाली समयअनुसार मंगलबार बिहान ५ : ३० देखि ६ : ४५ को बीचमा सगरमाथाको सफल आरोहण गरेको उक्त आरोहणको व्यवस्थापनको जिम्मा लिएको सेभेन समिटले जानकारी दिएको छ ।

राजकुमार खलिफासँगै उक्त आरोहण दलमा बहराइनको रोयल गार्डसमेत सम्मिलित रहेको थियो ।

यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । साथै नेपाल सरकारले सगरमाथाको उचाई मापन गरेपछिको ८ हजार ८४८.८६ मिटर अग्लो चुचुरो चुम्ने पहिलो अन्तर्राष्ट्रिय आरोहण दल पनि बनेको छ । यो आरोहण दलको नेतृत्व १९ वर्षको उमेरमा बिना अक्सिजन सगरमाथा आरोहण गरेका टासी लाक्पा शेर्पाले गरेका छन् ।

सगरमाथा आरोहणका लागि बहराइनको राजपरिवारको टोली गत १५ मार्चमा नेपाल आइपुगेको थियो ।

यसअघि, अक्टुबर २०२० मा राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए ।

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्