ओखलढुङ्गामा चट्याङ लागेर एक घर जल्यो

सहयात्रा टिभी

ओखलढुङ्गा । बैशाख २८, ओखलढुङ्गाको विलन्दुमा सोमबार अपराह्न चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका छन् भने चट्याङले चम्पादेवी गाउँपालिका–९ कै ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ ।

गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ भने आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो ।

दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो भने यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ ।

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्