निफमा फिल्म ‘आमा खान्डो’ उत्कृष्ट
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २८, फिल्म ‘आमा खान्डो’लाई उत्कृष्ट अवार्ड दिदै चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमबार सकिएको छ ।
त्यस्तै डान्डुप छिरिङको निर्देशन रहेको फिल्मले फेस्टिभलमा राष्ट्रिय प्रतिस्पर्धा तर्फ उत्कृष्ट फिल्म तथा निर्देशन अवार्ड हात पारेको हो । विजेता भए बापत फिल्मले एकलाख नगद समेत हात पार्न सफल भएको छ ।
त्यस्तै फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मि हु आइ एम’, अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले हात पर्यो । डान्डुप छिरिङको निर्देशन रहेको फिल्मले फेस्टिभलमा राष्ट्रिय प्रतिस्पर्धा तर्फ उत्कृष्ट फिल्म तथा निर्देशन अवार्ड हात पारेको हो । सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय फिल्म मध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय पुरस्कार राशि रहेको बागमती पुरस्कार जितेको छ ।
महोत्सवमा डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डबाट सहभागी हुन आएको ‘रिटर्न टु दि लस्ट इडेन’ले जितेको छ । गत बिहीबार सुरु भएको महोत्सवमा ६६ फिल्म देखाइएको थियो । थुप्रै फिल्मकर्मीले अन्र्तक्रिया गरेको कार्यक्रममा तुलसी घिमिरे फिचर फिल्म तर्फका वल्र्ड पानारोमा र नेशनल फिचर्स अन्तर्गतका फिल्मका निर्णायक थिए भने छिरिङले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को तर्फबाट प्रदान गरिने डन क्विजोट अवार्डको निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् ।