आज त्रिभुवन विमानस्थलमा ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदै, चीनबाट सिलिन्डर ल्याइँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ ।

त्यस्तै उक्त जहाज काठमाडौंबाट भने भारतको लखनउ जाने भएको छ । आजै कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं आउँदैछ । यो चार्टर्ड जहाज हो ।

काठमाडौंबाट रुसको विन्नकोभो अन्तर्राष्ट्रिय विमानस्थल र्फकने गरी रुट परमिट लिइएको विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले चीनको राजधानी बेइजिङबाट अक्सिजन ल्याउँदैछ । यो जहाव सोमबार राति बेइजिङ उडेको हो ।

 

 

 

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्