टेकु अस्पतालमा कोरोनाको पीसीआर परीक्षण स्थगित

काठमाडौं । बैशाख २८, सरुवा रोग तथा शुक्रराज ट्रपिकल अस्पताल (टेकु अस्पताल) ले किट अभावमा कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।
पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनकारी दिए। किट नभएका कारण तत्काल पीसीआर परीक्षण बन्द गर्न बाध्य भएको उनले बताए । किट आइसकेपछि कोरोना परीक्षण पुनः सुरु गर्ने अस्पतालले जनाएको छ ।