पहिरो पीडितलाई राहत वितरण

सहयात्रा टिभी

धनकुटा । बैशाख २८, धनकुटाको सहिदभूमि गाउँपालिकाले पहिरो पीडित परिवारलाई जनही ५० हजारको दरले १६ लाख रुपैयाँ राहत वितरण गरेको छ ।

गएको वर्षायाममा वर्षात्का कारण जमिन भासिएर घरहरू चर्किएका वडा नं. ७ का ३२ घर परिवारलाई राहत वितरण गरेको हो । घर चर्किएका परिवारलाई नमुना बस्ती कार्यक्रम मार्फत बस्ती स्थानान्तरण गर्ने तयारी गरिएको सहिदभूमि गाउँपालिकाले बताएको छ ।

 

 

 

 

 

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्