१० वर्षीया बालिकाले १९५ देशको नाम, राजधानी र मुद्रा कण्ठ गरेर विश्व कीर्तिमान कायम
सहयात्रा टिभी
काठमाडौं । बैशाख २८, भारतको राजस्थान मूलथलो भई हाल दुबईमा बस्दै आएकी सारा छिप्पा नामकी बालिकाले १९५ देशको नाम, राजधानी र मुद्रा कण्ठ गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएकी हुन् ।
त्यस्तै गत मे २ मा भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रम फेसबुक, युट्युब र लिंक्डइनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो र उनले १९५ देशको नाम, राजधानी र मुद्रा खरर्र भनेकी थिइन् भने यी सबै भनिसक्न उनलाई १५ मिनेट लागेको थियो ।
विश्वका देशहरुको नाम र राजधानी कण्ठस्थ पार्ने किर्तिमान अरुले पनि बनाएका भएपनि उनले मुद्रा समेत कण्ठ पारेर नयाँ इतिहास रचेकी छिन् ।