उत्कृष्ट ब्याट्री दक्षता भएका स्मार्टफोनहरु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, फ्रान्सेली हाई–टेक कम्पनी डिएक्सओमार्कद्धारा विश्वभर सार्वजनिक भएका स्मार्टफोनहरुको ब्याट्री अनुभवको स्कोर सूची जारी गरिएको छ।

डिएक्सओमार्कको रिपोर्टअनुसार एप्पल, सामसङ, ओपो जस्ता ब्रान्डको स्मार्टफोनको ब्याट्री धेरै किसिमले परीक्षण गरिएको छ। विभिन्न परीक्षणका आधारमा डिएक्सओमार्कले स्मार्टफोनलाई र्याङ्किङ्क गरेको छ, जसअनुसार सामसङ ग्यालेक्सी एम५१ ब्याट्रीको हिसाबले शीर्ष स्मार्टफोनको रूपमा देखा पर्‍यो। यस स्मार्टफोनको समग्र ब्याट्री प्रदर्शन सबैभन्दा राम्रो स्थानमा छ ।

त्यसैगरी विको यू३० नामक स्मार्टफोन सबैभन्दा लामो अवधिको ब्याट्री लाइफ हुने स्मार्टफोन भएको छ। यो स्मार्टफोनमा८० घण्टाको अधिकतम ब्याट्री लाइफ रहेको छ।

जबकि ओपो फाइण्ड एक्स ३ स्मार्टफोन फास्ट चार्जिंगको सूचीमा शीर्ष स्थानमा रहेको छ । यो फोन अल्ट्रा फास्ट चार्जिंग सपोर्टको साथ आउँदछ, जसमार्फत केही मिनेटमा शून्यबाट ८० प्रतिशतसम्म चार्ज हुन्छ। अर्कोतर्फ एप्पलको आईफोन १२ प्रो म्याक्सलाई दक्षताको हिसाबले पूर्ण अंकहरु दिईएको छ ।

यस पटक कम्पनीले ब्याट्री परीक्षणको लागि सबै मूल्य सेगमेन्टबाट १७ वटा स्मार्टफोन समावेश गरेको थियो। रिपोर्टका अनुसार ब्याट्री परफरमेन्स उपभोक्ताका लागि धेरै महत्त्वपूर्ण छ। एजेन्सीका साथमा

 

 

 

 

 

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्