इजरायली हवाई हमला, दर्जनौं हताहत
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २८, इजरायलले प्यालेस्टाइनमा हवाइ हमला गरेको छ। हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
जेरुसेलमको पूर्वी क्षेत्र अल अक्सामा गत शुक्रबारदेखि जारी झडपकै बीच प्यालेस्टाइनमाथि इजरायलले हवाई हमला गरेको हो। उक्त हमलाको जवाफमा इजरायलले गाजापट्टीका कयौं स्थानमा बम बर्साएको हो। इजरायली सेनाले प्यालेस्टाइनी चरमपन्थी संगठन हमासका कम्तिमा ३ जना स्थानीय नेताहरूको मृत्यु भएको दाबी गरेको छ। त्यस्तै अमेरिका, बेलायत र यूरोपेली संघले इजरायल र प्यालेस्टाइनलाई जतिसक्दो चाँडो तनाव हटाउन आग्रह गरेको बताईएको छ ।