गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २८, गायक प्रकाश सपूतले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।’
सपुतले आफ्नो आमा भने अझै कोरोनासँग जुधिरहेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘आमाले पनि कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ ।’