बागलुङमा थप दुई कोरोना संक्रमितको मृत्यु

बागलुङ । बेशाख २९, बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका ४ की ६६ वर्षीया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो भने बागलुङ नगरपालिकाका ७७ वर्षीया पुरुषको मंगलबार साँझ होम आईसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले बताए ।
६६ वर्षीया महिलामा कोरोना सँग मिल्दाजुल्दा लक्षण र स्वास– प्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट ल्याएर सोमबार धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो भने बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।