गुराँस लाइफ इन्स्योरेन्सको नाफा साढे २४ प्रतिशतले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बेशाख २९, चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गुराँस लाईफ इन्स्योरेन्सले रू ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै गत वर्षभन्दा यस वर्ष कम्पनीले १२२ दशमलव ६८ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो भने गत वर्ष यस अवधिसम्म कम्पनीले रू १ अर्ब ३६ करोड ९३ लाख १५ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस वर्ष कम्पनीले २४ दशमलव ५१ प्रतिशत बढी खुद नाफा गरेको छ भने गत वर्ष रू ८ करोड ३७ लाख ६० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू १० करोड ४२ लाख ९३ हजार यो नाफा गरेको हो ।

त्यस्तै गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी ४० प्रतिशत र कुल खर्च ८४ प्रतिशत बढी भएको छ भने कम्पनीले यस वर्ष रू १५ करोड ८० लाख ६३ हजार कुल आम्दानी र रू ५ करोड ३७ लाख ७० हजार कुल खर्च गरेको हो ।

त्यसैगरी कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ७९ प्रतिशत बढी छ भने गत वर्ष रू ३६ करोड ६३ लाख ४३ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू। ५२ करोड ३१ लाख १४ हजार पुगेको हो । बीमा कोष रकम पनि ४२ प्रतिशत बढी रू १० अर्ब ११ करोड ९३ लाख ५७ हजार कायम भएको छ ।

कम्पनीले बीमालेख धितोमा रू ९७ करोड ६ लाख ५९ हजार प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष बीमालेख धितोकर्जा ९३ दशमलव ४६ प्रतिशत बढी प्रवाह भएको हो । वार्षिक प्रतिशेयर आम्दानी रू ७ दशमलव शून्य ४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू १२९ दशमलव ३१ रहेको छ । एजेन्सीहरुको साथमा ।

प्रकाशित : 12 May, 2021

प्रतिक्रिया दिनुहोस्