अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलनको कोरोना संक्रमणबाट निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख २९, अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको कोरोनाको कारण मंगलबार निधन भएको छ ।

फिल्म निर्देशक जनकदीप पराजुलीले सापकोटाको मृत्युको खबरले आफु निक्कै नै दुखी भएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए भने पराजुलीले सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।

अभिनेत्री श्वेताले ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।

प्रकाशित : 12 May, 2021

प्रतिक्रिया दिनुहोस्