दोलखा भीमसेनलाई आयो पसिना, फेरी के हुँदैछ नेपालमा ?

सहयात्रा टिभी

दोलखा । बैशाख २९, दोलखाको भीमेश्वर मन्दिरको शिलामा गत शनिबार (बैशाख २५ गते) दिउँसो १ बजेतिर ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ। शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ।

त्यस्तै भीमसेनको शिलामा पसिना आउनु परिवर्तनको सूचकको रुपमा पनि लिने गरिएको छ । त्यसर्थ यो घटनालाई नकारात्मक कोणबाट मात्रै नभई सकारात्मक कोणबाट पनि हेर्ने गरिन्छ ।

भीमसेनलाई पसिना आउँदा के हुँदै आएको छ ?

भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँ सी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको थियो ।

त्यसैगरी, २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमतसंग्रह भएको, २०४५ सालमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरबार घटना भएको इतिहास छ ।

त्यसैगरी, भीमसेनको शिलामा २०७० साल मंसिर ३० र फागुन १३ गते पनि पसिना आएको थियो । त्यस्तै पछिल्लो पटक २०७४ असोज १० गते आएको पसिनापछि स्थानीय तहसहित संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास समेत गरिन्छ ।

 

प्रकाशित : 12 May, 2021

प्रतिक्रिया दिनुहोस्