रातो मच्छिन्द्रनाथको रथारोहण

ललितपुर । बैशाख २९, ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन रथमा विराजमान गराउने चलनानुसार आज दिउँसो रथारोहण गर्न लागीएको छ ।
रथारोहणको साइत बिहानैको भएतापनि सो समयमा साङ्केतिक रूपमा मच्छिन्द्रनाथलाई हल्लाउने काम भयो । रथ निर्माणको काम अझै जारी रहेकाले दिउँसो ४ देखि ५ बजेभित्रमा रथारोहण गर्ने भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो ।
लोेकेश्वरलाई आज दिउँसो रथारोहण गर्न लानुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल उहाँको पाउमा अर्पण गरिन्छ ।
भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रूपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो ।