स्मार्टफोन निर्माता कम्पनी शाओमी कालोसूचीबाट हट्दैँ

काठमाडौं । बैशाख २९, अमेरिकाको रक्षा विभागले चिनियाँ स्मार्टफोन मेकर शाओमी कर्पलाई सरकारको कालोसूचीबाट हटाउने भएको छ ।
हालै अदालतमा प्रस्तुत गरिएको एक डकुमेन्टकाअनुसार अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा लगाएको प्रतिबन्ध र निर्णयलाई बाइडेन प्रशासनले उल्टाएको देखिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
यसअघि रक्षा विभागले फर्मलाई चीनको सेनासँग सम्बन्ध राखेको भन्दै यसलाई सूचीमा राखेको र कम्पनीमा अमेरिकाको लगानी रोक्न सकिने बताएको थियो।
त्यसलगत्तै शाओमीले अमेरिकी सरकारको बिरूद्ध मुद्दा दायर गरेर सो प्रतिबन्ध “अवैधानिक र असंवैधानिक” भएको बताएको थियो भने चीनको सेनासँग कुनै सम्बन्ध रहेको विषयलाई अस्वीकार गरेको थियो ।
सोही आधारमा गत मार्चमा संघिय न्यायाधिशले सो कालोसूचीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । एजेन्सीहरुको साथमा ।