सगरमाथा आरोहण गर्न गएका २ आरोहीको निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, सगरमाथा आरोहण गर्न गएका २ विदेशी आरोही अब्दुल र लियूको निधन भएको आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्सले जनाएको छ।

स्विजरल्याण्डका अब्दुल वाराइचको हिजो साउथ समिटको नजिकै निधन भएको थियो भने आरोही अब्दुल सफलतापूर्वक शिखरमा पुगेका थिए। तर थकावटको समस्या सामना गर्न उनि बाध्य भएका थिए।

त्यस्तै सेभेन समिट ट्रेक्सले दुई थप शेर्पाहरूलाई अक्सिजन र खाद्य पदार्थको साथ पठाएपनि दुर्भाग्यवश उनलाई बचाउन नसकिएको स्पष्ट पारेको छ।

 

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्