सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, नेपाली बजारमा हिजो सुन प्रतितोलाल ९२ हजारमा कारोबार भएको थियो भने आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्