‘भोली जनताले जीताउलान् भन्ने छ?’ हाँस्य कलाकार जीतु नेपाल
सहयात्रा टिभी
काठमाडौं । बैशाख ३०, हाँस्य कलाकार जीतु नेपालले यस्तो बिषम परिस्थितीमा पनि जनतालाई साथ नदिने नेतालाई भोली जनताले जिताउने आश छ कि छैन भनेर प्रश्न गरेका छन् ।
सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘जनतालाई अस्पतालमा बेड, अक्सिजन, उपचार, राहत तथ हौसला चाहिएको छ । सरकारलाई तारिफ चाहिएको छ, गुनगान, चाकडी, सहमती, कुर्सी तथा भागबन्डा चाहिएको छ । यस्तो बिषतको बेलामा आन्तरिक झगडा, कलह, लुछाचुडी, तानातान, तछाड र मछाड छ । सहमती भन्या छ करोडौको सरकारी गाडीमा अगाडि पछाडि सुरक्षाको लर्को लिएर हिड्या छ, घरघरमा पुग्या छ । विलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाउ भन्या छ । अब मेरो पालो भन्या छ ।’