झापामा एक साताका लागि निषेधाज्ञा थप

सहयात्रा टिभी

झापा । बैशाख ३१, जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ ।

त्यस्तै झापामा यसअघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो भने पहिलो चरणको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।

औषधि, स्वास्थ्य सामग्री, इन्धन बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा बिहान ८ बजेभित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने निर्णय बिहिबार वसेको बैठकले निर्णय गरेको हो ।

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्