जलबिद्युत आयोजनामा प्रयोग हुने २५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारमा

रसुवा । बैशाख ३१, रसुवाको गोसाँईकुण्ड गाँउपालिका दुई टिमुरेमा निमार्णाधिन रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने २५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेको छ ।
त्यस्तै रसुवागढी जलविद्युत आयोजनाको चीनीयँ ठेकदार कम्पनी सिडब्लुईले निमार्ण स्थलमा प्रयोग गर्दै आएको २५ थान अक्सिजन सिलिन्डर आयोजना प्रमुखको पहलमा आयोजना स्थल बाट जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला प्रशासन कार्यालय रसुवा लाई हस्तान्तरण गरेको बताईएको छ ।