महोत्तरीबाट लागु औषधसहित १ जना पक्राउ

सहयात्रा टिभी

महोत्तरी । बैशाख ३१, महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित २५ वर्षीय राकेश श्रीनेत ठकुरीलाई पक्राउ गरेको छ ।

ठकुरीको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चार बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो पोक्सिभोन बरामद गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासले बताएको छ । लागु औषध मुद्दामा म्याद लिएर आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्