बाँकेमा थप ८ जना संक्रमितको मृत्‍यु

सहयात्रा टिभी

 बाँके । बैशाख ३१, बाँकेमा बिहीबार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १–१ जना बर्दिया, सल्‍यान र कैलालीका छन् ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २२२ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १ः१५ बजे, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर–बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्‍यु भएको बताईएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा–९ कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६ः१० बजे मृत्‍यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका–१ सल्‍यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७ः३० बजे र मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

 

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्