आज सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट हुदैं

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटलको कार्यालयमा अहिले विहान आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको छ ।

बैशाख १७ गतेदेखि २१ गतेसम्म कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गर्न लागेको हो । यसमध्य २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

विक्री प्रबन्धक सन्राइज क्यापिटलका अनुसार यस आईपीओमा १६ लाख ३७ हजार ६५९ जना आवेदकहरुबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन मागभन्दा १० दशमलव ५२ गुणा बढी आवेदन हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी बृद्धि गरी रू ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू १३८ दशमलव ७९ रहेको छ ।

 

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्