वीरगञ्जमा पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितको मृत्यु

सहयात्रा टिभी

वीरगञ्ज । बैशाख ३१, पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोनाबाट थप १३ जना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, भवानी अस्पतालमा २, नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्यालिटी हस्पिटल, प्रभु हस्पिटल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १/१ जना गरी १३ जनाको मृत्यु भएको हो ।

‘अस्पतालमा अक्सिजन सकिएको थियो । सबैतिर हार गुहार गर्‍यौं, कतैबाट आएन । ’ अस्पतालका डाक्टर ओम प्रकाश कुशवाहाले भने ।

 

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्