लामो समयसम्म स्टोर गरेर राख्नमिल्ने खानेकुरा

काठमाडौं । बैशाख ३१, धेरैजसो खानेकुराहरु मिति सकिएका कारण फाल्नुपर्ने हुन्छ। प्याकेटमा राखिएको खानेकुरामा लेखिएको मिति सकिएपछि खानु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । तर, भान्सामा पाइने केही खानेकुरा कहिल्यै सड्दैन । त्यस्ता खानेकुराहरु निम्न प्रकारका छन् :
नुन
नुनलाई लामो समयसम्म राख्दा यसमा मिसाइएको आयोडिनको आयु निश्चित हुने गर्छ । यो कहिल्यै बिग्रिदैन ।
मह
महलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । मह आफ्नो लागि आफै संरक्षक बन्छ । जसले गर्दा यो लामो समयसम्म बिग्रिदैन ।
सेतो चामल
सही तरिका, हावामा सही सन्तुलन र सही तापमा राखिएको चामल लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यसमा तेलको मात्रा कम हुने भएकाले लामो समयसम्म राख्दा पनि बिग्रिदैन ।
चिनी
चिसो र तातोबाट बचाउन सकियो भने चिनी लामो समयसम्म पनि बिग्रिदैन ।
पास्ता
रिफाइन गरिएको आटा र मैदाबाट बनेका यस्ता खानेकुराहरु लामो समयसम्म पनि बिग्रिदैन ।