२४ अक्सिजन कन्सनट्रेटर ल्याउन श्री एयरलाइन्सको जहाज थाइल्यान्ड जाने

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, श्री एयरलाइन्सको जहाज अक्सिजन कन्सनट्रेटर ल्याउनका लागि थाइल्यान्ड जाने भएको छ।

त्यसैगरी सरकारले कोरोना महामारीको दोस्रो लहर बढ्न थालेपछि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि मेडिकल सामग्रीको आपूर्ति चार्टर्ड उडानबाट हुँदै आएको छ।

यता थाइल्यान्ड सरकारले अनुदानमा दिएका १७ र गैरआवासीय नेपालका तर्फबाट व्यवस्था भएका ७ अक्सिजन कन्सनट्रेटर ल्याउनका लागि जहाज बैंकक जाने श्री एयरलाइन्सले बताएको छ।

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्