खोपको दोस्रो डोज लगाउदै सांसदहरु (फोटो फिचर)

काठमाडौं । बैशाख ३१, संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी अग्निप्रसाद सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाउनुभएको छ।
नयाँवानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा संसद सचिवालयले खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो ।
शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाईएको छ । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाईने सचिवालयले जनाएको छ ।