पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज (शुक्रबार) अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसीयूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उनको अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

 

 

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्