टेलिकम लकडाउन अफर, अनलिमिटेड डे डेटा बोनस

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड अफर’ ल्याएको छ।

अफर अन्तर्गत ३९ रुपैयाँमा अनलिमिटेड डे डेटा बोनस योजना रहेको छ। कम्पनीले शुक्रबार (वैशाख ३१) देखि एक महिनाका लागि यो योजना ल्याएको हो। यसको स्पिड १ एमबिपिएससम्म हुनेछ भने किनेको प्याक चलाउन सकिने समयावधि २४ घन्टा हुनेछ।

दैनिक रूपमा एकपटक मात्र किन्न सकिने यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने बताइएको छ।

यो अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवाप्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डेटा पाइनेछ। २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डेटा उपलब्ध हुने र २ दिनभित्र प्रयोग गर्न सकिनेछ।

 

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्