केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कैलालीमा २४ घण्टामा थपिए ४३३ संक्रमित, ८ जनाको मृत्यु

सहयात्रा टिभी

धनगढी । बैशाख ३१, कैलालीमा एकैदिनमा थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको बताईएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परीक्षण गर्दा थप पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

त्यसैगरी धनगढी उपमहानगरपालिकाका २५ र चार सय ८ जना अन्य विभिन्न स्थानीय तहका रहेको उनले बताए ।

सेती प्रादेशिक अस्पताल र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका ५, कञ्चनपुरका २ र दार्चुलाका एक जनाको मृत्यु भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय पुरुष, वडा नम्बर ४ का ५१ र ५६ वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ७३ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको श्रेष्ठले जनाए ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६की ३८ वर्षीय महिला, बेलौरी नगरपालिका–११ का ३८ वर्षकै पुरुष र दार्चुलाको मार्मा गाउँपालिका-५ का ४० वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

 

 

 

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्