बाल प्रतिभा विशेष गोष्ठी सम्पन्न:

काठमाडौं । जेठ २, हिजो मिति जेठ १ गते शनिबारका दिन बाल प्रतिभा विशेष गोष्ठीको कार्यक्रम सफलतापूर्बक सम्पन्न भएको छ ।
ZOOM प्रबिधि मार्फत Nepalese writers club अर्थात साहित्य चौतारी UK को आयोजना तथा UK बाट साहित्यकार अहिल्या कुँवर र नेपाल बाट साहित्यकार कमला महतले संयोजन गरी सम्पन्न गरिएको उक्त बाल प्रतिभा विशेष गोष्ठीको संचालन भने साहित्यकार उर्सुला कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपालबाट र बेलायतमा बसोबास गरिरहेका १७ जना बालवालिकाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए भने सो कार्यक्रममा सहभागि बालवालिकाले आ-आफ्नो प्रतिभाको प्रस्तुती गर्नुका साथै आ–आफुलाई मन पर्ने गीत तथा उनीहरू आफैले रचना गरेका बाल कविताको पनि प्रस्तुति गरेका थिए ।
यस्तै उक्त कार्यक्रम UK को समय अनुसार दिउँसो १२ बजे तथा नेपाली समय अनुसार बेलुकी ४:४५ बजे संचालन भएको थियो भने उक्त कार्यक्रम करिब ९० मिनेट सम्म संचालन भएको सो कार्यक्रमको समापन भने साहित्य चौतारी UK को साहित्यिक गतिविधि तथा यसका विविध कार्यहरुको बारेमा प्रष्ट पारी यो मैत्री पूर्ण बाल प्रतिभा विशेष श्रृंखला अत्यन्त राम्रो भएकोमा संयोजक द्वय अहिल्या कुँवर , कमला महत , कार्यक्रम प्रस्तोता उर्शूला कार्की र उपस्थित बाबुनानीहरु सबैलाई धन्यवाद दिँदै वरिष्ठ साहित्यकार तथा साहित्य चौतारीका संसथापक वाशु शर्माज्यूले गर्नुभएको थियो ।